आलमलाई सफाइ दिने न्यायाधीशहरूमाथि छानबिन सुरू

हिमाल प्रेस ५ असार २०८२ २१:२५
18
SHARES
आलमलाई सफाइ दिने न्यायाधीशहरूमाथि छानबिन सुरू

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद आफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीशमाथि छानबिन सुरू भएको छ।

न्यायपरिषदले आलमलाई सफाइ दिने न्यायाधीशद्वय खुशीप्रसाद थारू र अर्जुन महर्जनमाथि छानबिन सुरू गरेको हो।

सर्वोच्च अदालतका न्यायाधीश विनोदकुमार शर्माको नेतृत्वमा गठन भएको समितिले थारू र महर्जनमाथि छानबिन सुरू गरेको हो। बिहीबार बसेको न्यायपरिषद्को बैठकले सर्वोच्चका न्यायाधीश शर्माको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।

त्यस्तै बैठकले उच्च अदालतका न्यायाधीशद्वय थारू र शर्मालाई परिषद्मा तान्ने निर्णय गरेको बताइएको छ।

बम विस्फोट गरी व्यक्ति हत्या गरेको घटनामा आलमलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको जिल्ला अदालत रौतहटको फैसला उल्टाउँदै थारू र महर्जनको संयुक्त इजलासले १४ जेठमा सफाइ दिने निर्णय गरेको थियो।

आलमलाई सफाइ दिएको भन्दै उनीहरूमाथि छानबिन गरी कारबाही गर्न माग गर्दै १६ जेठमा न्यायपरिषद्मा उजुरीसमेत परेको थियो। अधिवक्ता युवराज सफलले पूर्वसांसद आलमलाई सफाइ दिने न्यायाधीशरूविरूद्ध उजुरी दर्ता गराएका थिए।

प्रकाशित: ५ असार २०८२ २१:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast