
काठमाडौँ- अहिले गायिका रचना रिमाल उपत्यकाको ह्याम्स अस्पतालमा उपचाररत छिन्। स्वास्थ्य परीक्षणको क्रममा उनको आन्द्रामा संक्रमण देखिएको पुष्टि भएको छ।
अस्पतालमा रहेका संगीतकर्मीकाअनुसार उनको सानो आन्द्रा सुन्निएको चिकित्सकले बताएका छन्। उनी केही दिन अस्पतालमा नै रहनेछिन्। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।
सांगीतिक कार्यक्रमका लागि रूकुम पश्चिम पुगेकी उनको अकस्मात पेट दुख्ने समस्या देखिएपछि मंगलबार दिउँसो हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो।
गायिका रचनाको मंगलबार रूकुम पश्चिम सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारी थियो।
प्रकाशित: २८ जेठ २०८२ १३:१६
प्रतिक्रिया