अब बलियो राष्ट्रिय शक्ति आवश्यक छ, त्यसकै लागि मिसन ८४ तय गरेका हौँ : शंकर पोखरेल

हिमाल प्रेस २६ जेठ २०८२ १८:३६
12
SHARES
अब बलियो राष्ट्रिय शक्ति आवश्यक छ, त्यसकै लागि मिसन ८४ तय गरेका हौँ : शंकर पोखरेल फाइल तस्बिर

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शंकर पोखरेलले लोकतन्त्रको उपलब्धिलाई स्वीकार गर्न नसक्नेले देशमा केही भएको छैन भन्ने भ्रामक प्रचार गरिरहेका बताएका छन्।

एमाले केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा आज (सोमबार) राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालका पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले प्राप्त सबै अधिकार र योगदान लोकतन्त्रका उपलब्धि हुन् भन्दै लोकतन्त्रले मध्यमवर्गको जबर्जस्ती उदय भएको बताए।

महासचिव पोखरेलले हालका उपलब्धि हासिल गरे पनि राजनीतिक अस्थिरताका कारण गर्नुपर्ने धेरै काम गर्न नसकिएको बताए। ‘राजनीतिक अस्थिरताले हामीले सबै अवसर सदुपयोग गर्न सकेका छैनौँ, अब बलियो राष्ट्रिय शक्ति, बलिया राजनीतिक दल र स्थिरता आवश्यक छ । त्यसकै लागि एमालेले मिसन २०८४ तय गरेको हो,’ उनले भने।

पार्टीभित्र सा‌ंगठनिक अराजकता र व्यक्तिवादी अवसरवाद मौलाएको भन्दै महासचिव पोखरेलले त्यसविरुद्ध दृढ संघर्ष गर्नुपर्ने बताए।

प्रकाशित: २६ जेठ २०८२ १८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast