निरङ्कुशताको पहिलो सिकार पत्रकारिता हुने गर्छ : मुख्यमन्त्री पाण्डे

हिमाल प्रेस २५ जेठ २०८२ २१:१६
6
SHARES
निरङ्कुशताको पहिलो सिकार पत्रकारिता हुने गर्छ : मुख्यमन्त्री पाण्डे

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति अनास्था र वितृष्णा फैलने समाचारप्रति सञ्चारजगत् सचेत हुनुपर्ने बताएका छन्।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजना र प्रदेश सरकारको सहयोगमा आज (आइतबार) देखि पोखरामा सुरु भएको मल्टिमिडिया तालिमको उद्घाटन गर्दै उनले नेता र दलहरूले गरेका गल्तीका लागि व्यवस्थाप्रति नै निराशा र वितृष्णा फैलने गरी प्रचारप्रसार गर्न नहुने बताए।

‘सरकारबाट समेत गल्ती हुन सक्दछ र त्यसका लागि दण्ड दिने व्यवस्था संविधानमा छ, जनताले दण्ड दिन सक्दछन्। गल्ती र कमजोरीलाई आत्मसात् नगरे जनताले निर्वाचनमा दण्ड दिन सक्दछन्, तर जनस‌ंघर्षबाट फालिएको राजतन्त्र स्थापना गर्ने प्रयत्न भयो भने त्यो अवस्था रहँदैन,’ उनले भने।

उनले निरङ्कुशताको पहिलो सिकार जहिले पनि पत्रकारिता हुँदै आएको भन्दै जनताको मुख थुन्नुअघि पत्रकारिताको मुख बन्द गर्दै गरिँदै आएको इतिहास स्मरण गरे।

प्रकाशित: २५ जेठ २०८२ २१:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast