
काठमाडौँ- विद्यालय शिक्षा विधेयक-२०८० माथि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि उपसमितिले ४५ दिन लामो छलफलपछि तयार पारेको प्रतिवेदनप्रति नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिसहित विभिन्न संघसंगठनले असहमति जनाएको छन्।
शिक्षक तथा कर्मचारी ऐनका लागि समितिका सदस्यद्वय रेखा शर्मा र ज्ञानु बस्नेतलाई एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन (यूएन्टो) का अध्यक्ष शंकर अधिकारीले बुधबार ध्यानाकर्षण गराएका छन्।
आफूहरू शिक्षक तथा कर्मचारीका पक्षमा सकारात्मक रहेको र सरकारले शिक्षकमैत्री प्रस्ताव ल्याएमा विधेयकप्रति समर्थन हुने प्रतिबद्धता सांसदहरूले व्यक्त गरेको अधिकारीले जनाए।
अधिकारीले सरकारकै कारण उपसमितिको प्रतिवेदनमा शिक्षक कर्मचारीको वास्तविक भावना समेटिन नसकेको बताए।
सम्बन्धित पक्षहरूबीचको छलफलले विधेयकमा शिक्षकका अधिकार, सेवा शर्त र स्थायित्वका विषयलाई सम्बोधन गर्न मार्ग प्रशस्त गर्ने अधिकारीको भनाइ छ।