सापकोटाविरूद्धको मुद्दामा उत्प्रेषण आदेश, अनुसन्धानका लागि बाटो खुला

हिमाल प्रेस २१ जेठ २०८२ १८:१०
40
SHARES
सापकोटाविरूद्धको मुद्दामा उत्प्रेषण आदेश, अनुसन्धानका लागि बाटो खुला अग्नि सापकोटा

काठमाडौँ- माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरूद्धको हत्यासम्बन्धी मुद्दामा अनुसन्धानको बाटो खुलेको छ।

सर्वोच्च अदालतले सापकोटाविरूद्धको रिटमा उत्प्रेषणका आदेश जारी गरेसँगै अनुसन्धानको बाटो खुलेको हो।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सपनाप्रधान मल्ल, कुमार रेग्मी, डा.मनोजकुमार शर्मा र डा.कुमार चुडालको संवैधानिक इजलासले रिटमाथि सुनुवाइ गर्दै उत्प्रेषणको आदेश जारी गरेको हो।

सर्वोच्चको यो आदेशसँगै सापकोटाविरूद्धको उजुरी तामेलीमा राख्ने प्रहरीको निर्णय खारेज भएको छ। यसअघि सापकोटामाथि परेको उजुरीलाई प्रहरीले तामेलीमा राखेर अनुसन्धान अगाडि बढाएको थिएन।

माओवादी उपाध्यक्ष सापकोटामाथि काभ्रेका अर्जुन लामालाई अपहरण गरी हत्या गरेको आरोप छ। लामाकी पत्नी पूर्णिमायाले आफ्ना श्रीमानको हत्यामा सापकोटा संलग्न रहेको दाबी गर्दै २०६९ मंसिर ७ गते जिल्ला अदालत काभ्रेमा मुद्दा दायर गरेकी थिइन्। यो मुद्दाको पुनरावेदन सर्वोच्चमा आएको हो।

लामाको अपहरणपछि २०६२ वैशाख १६ गते हत्या भएको थियो। श्रीमानको हत्यापछि पूर्णिमायाले सापकोटासहित माओवादी नेता कार्यकताविरूद्ध किटानी जाहेरी दिएकी थिइन्। तर, प्रहरीले उजुरी दर्ता गर्न मानेको थिएन। सर्वोच्च अदालतले २०६४ सालमा जाहेरी दर्ता गर्न आदेश दिएको थियो।

जाहेरी दर्ता भएर अनुसन्धानका लागि आरोपीहरूविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो। तर, डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६९ साउन १२ गते जाहेरीलाई तामेलीमा राख्ने निर्णय गरेको थियो।

प्रकाशित: २१ जेठ २०८२ १८:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast