मरिचखेतीले बदल्यो बास्तोलाको जीवन

हिमाल प्रेस २० जेठ २०८२ १६:३८
76
SHARES
मरिचखेतीले बदल्यो बास्तोलाको जीवन

पोखरा‍- स्याङखुदीटारीका कृषक सूर्यमोहन बास्तोलाले बाँझो भिरालो पाखोमा मरिचखेती सुरु गरेर आत्मनिर्भर जीवन बिताइरहेका छन्। उनले साल, आँपलगायत रूखका फेदमा मरिच लगाएर वार्षिक १–३ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।

२०४६ सालमा दुईवटा बिरुवा किनेर सुरु गरिएको खेती अहिले व्यवसायमा रूपान्तरण भएको छ। मरिचखेतीबाट उत्पन्न आम्दानीले उनलाई अन्य जडीबुटी खेतीतर्फ पनि मोडेको छ।

अहिले उनको अमृत कुञ्ज अर्गानिक पर्माकल्चर फर्ममा ५५० भन्दा बढी प्रजातिका बिरुवा छन् जहाँ विषादी प्रयोग हुँदैन।

उनले मरिचको बिरुवा उत्पादनसमेत सुरु गरेका छन्। प्रतिबिरुवा ३०० रुपैयाँमा बिक्री हुँदैछ। यस वर्ष २ हजार बिरुवा उत्पादन गरेका छन् भने आगामी वर्ष १० हजार उत्पादन गर्ने योजना छ।

फर्ममा हालसम्म १५ देशका अनुसन्धानकर्ता र विद्यार्थीहरू काम गरिसकेका छन्। पोखरा महानगरका अनुसार बेगनास क्षेत्र मरिचखेतीका लागि उपयुक्त देखिएको छ र यसको प्रवर्द्धनमा महानगरको पहल रहेको छ।

मरिचलाई मसला र आयुर्वेदिक औषधीमा प्रयोग गरिन्छ। न्यानो,आद्र र पहाडी भूगोलमा यो बाली राम्रो फल्छ। बास्तोलाको सफलताको कथा कृषि क्षेत्रका लागि प्रेरणादायी बन्न पुगेको छ।

प्रकाशित: २० जेठ २०८२ १६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast