![कालिमाटीमा तरकारी : गोलभेँडा ५० रुपैयाँ, भान्टा १४ रुपैयाँ [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2025/03/tarakari-kalimati.jpg)
काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।
कालिमाटीमा आज काउली, गोलभेँडा, प्याजसहितका तरकारीको मूल्इ बढेको छ। तर, बोडी, परबलसहितका तरकारीको मूल्य भने घटेको छ।
कालिमाटीमा आज ठूलो नेपाल गोलभेँडा ५०, ठूलो भारतीय गोलभेँडा ६०, सानो लोकल गोलभेँडा ४२, रातो आलु ३६, मुडेको रातो आलु ३८, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर ३०, तराईका गाँजर २०, बन्दा १२, स्थानीय काउली ३०, लोकल सेतो मुला १७, हाइब्रीड मुला १७, लाम्चो भान्टा १४, डल्ले भान्टा २५, तने बोडी ५०, मकै बोडी ६५ रुपैयाँ प्रतिकिलो छ।
करेला ४५, परबल ५५, घिरौँला २०, झिँगुनी ५५, हरियो फर्सी लाम्चो २५, डल्ले फर्सी २०, पाकेको फर्सी ४०, भिन्डी २५, कन्य च्याउ १४६, डल्ले च्याउ २३३, सजिवन १०५, ब्रोकाउली ४५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।
कालिमाटीमा हिजो ठूलो नेपाल गोलभेँडा ४५, ठूलो भारतीय गोलभेँडा ५५, सानो लोकल गोलभेँडा ५०, रातो आलु ३७, मुडेको रातो आलु ३८, सुकेको भारतीय प्याज ३७, लोकल गाँजर ३५,तराईका गाँजर २०, बन्दा १२, स्थानीय काउली २६, लोकल सेतो मुला १५, हाइब्रीड मुला १५, लाम्चो भन्टा १२, डल्ले भन्टा २०, तने बोडी ६० रुपैयाँ प्रतिकिलो थियो।
करेला ४५, परबल ६०, घिरौँला २०, झिँगुनी ६०, हरियो फर्सी लाम्चो २५, डल्ले फर्सी २०, पाकेको फर्सी ४०, भिन्डी २०, कन्य च्याउ १३३, डल्ले च्याउ २३३, सजिवन १०५, ब्रोकाउली ४५ रुपैयाँ प्रतिकिलो थियो।