चित्लाङबाट काठमाडौँ आउँदै गरेको मोटरसाइकल चन्द्रागिरिमा दुर्घटना, महिलाको मृत्यु

हिमाल प्रेस १८ जेठ २०८२ ८:०४
14
SHARES
चित्लाङबाट काठमाडौँ आउँदै गरेको मोटरसाइकल चन्द्रागिरिमा दुर्घटना, महिलाको मृत्यु

काठमाडौँ- काठमाडौँको चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

चन्द्रागिरि नगरपालिका ४ पानीघाटमा शनिबार राति प्रदेश ०२-०१ प ८०६८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटको ककनी गाउँपालिका १ की ३६ वर्षीया सुनिता बलामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मकवानपुरको चित्लाङबाट काठमाडौँ आउँदै गरेको मोटरसाइकल शनिबार राति पौने ८ बजे दुर्घटना भएको प्रहरी परिसर काठमाडौँले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको एपीएफ अस्पताल बलम्बुमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक ककनीकै मानबहादुर बलामी घाइते भएका छन्। उनको एपीएफ अस्पतालमै उपचार भइरहेको छ।

प्रकाशित: १८ जेठ २०८२ ८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast