४० लाखमा सम्पन्न भयो खानेपानी आयोजना

हिमाल प्रेस २९ जेठ २०८२ ८:१२ | Thursday, June 12, 2025
४० लाखमा सम्पन्न भयो खानेपानी आयोजना

म्याग्दी- मालिका गाउँपालिका–३ लुक्सीपारमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत ३९ लाख २३ हजारको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ। आयोजनाबाट करिब ४०० जना लाभान्वित भएका छन्।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को १७ लाख ७४ हजार ७२९, मालिका गाउँपालिकाको नौ लाख ९५ हजार ५०९ र उपभोक्ताको ११ लाख ५३ हजार २५० बराबरको श्रमदानमा आयोजना सम्पन्न भएको नेवाका प्राविधिक रुपक थापाले जानकारी दिए ।

मालिका गाउँपालिका र नेवाको साझेदारीमा चालु आर्थिक वर्ष २०८१/०८२ मा मालिका गाउँपालिका–३ मा पात्ले, लुुक्सीपार र डाँडागाउँमा तीन वटा खानेपानी योजना निर्माण भएका छन् ।

ती योजनाहरुबाट ४०० परिवार लाभान्वित भएका वडाध्यक्ष मोतीप्रसाद बुढाले बताए । डाँडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ, पात्ले र लुुक्सीपार टोलमा खानेपानी सुविधा विस्तार भएको उनले बताए ।

प्रकाशित: २९ जेठ २०८२ ८:१२ | Thursday, June 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast