सुनको मूल्य घटेको घटै

हिमाल प्रेस ६ असार २०८२ ११:२२ | Friday, June 20, 2025
10
SHARES
सुनको मूल्य घटेको घटै

काठमाडौँ- नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला चार सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला आठ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार सुन प्रतितोला एक लाख ९५ हजार पाँच सय रुपैयाँ पुगेको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। बिहीबार चाँदी प्रतितोला दुई हजार दुई सय रुपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला दुई हजार एक सय ५० रुपैयाँ किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: ६ असार २०८२ ११:२२ | Friday, June 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast