सदनमा निलो रिबन लगाएर रास्वपा सांसदहरूको विरोध

हिमाल प्रेस ३ असार २०८२ १४:१९ | Tuesday, June 17, 2025
सदनमा निलो रिबन लगाएर रास्वपा सांसदहरूको विरोध

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले संघीय सदनमा निलो रिबन लगाएर ‘मानव तस्करी’ को विरोध गरेका छन्। भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गरिरहेको रास्वपाका सांसदहरूले निलो रिबन लगाएर विरोध गरेका हुन्।

मानव तस्करीविरूद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीकले जनाउँछ।

भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको छानबिनमा परेयता रास्वापाले संसदीय छानबिन समिति बनाउन माग गर्दै प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै आएको छ।

यो प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत संलग्नता भएको भन्दै रास्वपाले छानबिनका लागि संसदीय समिति बनाउन माग गरिरहेको हो। यसअघि रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा माग गरेको थियो।

रास्वपाका सांसदहरूको अवरोधका बीच प्रतिनिधिसभा बैठक सञ्चालन हुँदै आएको छ।

प्रकाशित: ३ असार २०८२ १४:१९ | Tuesday, June 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast