 फाइल तस्बिर।
                             फाइल तस्बिर। 
                                            काठमाडौँ- प्रतिनिधिसभाको बैठक बुधबार पनि विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको छ। साढे ३ बजे सुरु भएको बैठकमा विपक्षी सांसदहरूले ‘मानव तस्करलाई कारबाही गर’ भन्ने नारासहित विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्।
विपक्षीहरूको नाराबाजीपछि सभामुख घिमिरेले बैठक सञ्चालनका लागि सांसदहरूलाई आग्रह गरे पनि अवरोध हट्न सकेन।
विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकविरुद्ध छानबिन समिति गठनको माग गर्दै आएका छन्। सत्तापक्षमा रहेका नेकपा एमाले र नेपाली कांग्रेस भने छानबिन समिति गठनको पक्षमा देखिएका छैनन्।
बैठक अवरुद्ध हुँदा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथिको छलफल सुरु हुन सकेको छैन। त्यससँगै आर्थिक सर्वेक्षण पनि प्रतिनिधिसभामा पेस हुन सकेको छैन।
अब प्रतिनिधिसभाको अर्को बैठक भोलि (जेठ २९) अपराह्न ३ बजे बस्नेछ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 