संसदीय मर्यादाविपरित सदन सञ्चालन भयो : लिङ्देन

हिमाल प्रेस २ असार २०८२ १६:५५ | Monday, June 16, 2025
संसदीय मर्यादाविपरित सदन सञ्चालन भयो : लिङ्देन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सभामुखले बजेटको छलफलमा भाग लिने परिस्थिति बनाउन नसकेको बताएका छन्।

सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लिङ्देनले संसद अवरुद्ध भइरहेको अवस्थामा सभामुखले जबरजस्ती सदन चलाएर बजेटको छलफलमा भाग लिने परिस्थिति बनाउन नसकेको बताएका हुन्। संसदीय मर्यादाविपरित सदन सञ्चालन भएकाले राप्रपाले बहिष्कार गरेको उनले बताए।

अध्यक्ष लिङ्देनले शान्तिपूर्ण तवरले सदन सञ्चालन नभएसम्म निरन्तर बहिष्कार गर्ने स्पष्ट पारे।

उनले सदनभित्र १ सिटको पनि महत्व हुने भएकाले सबैको भावनालाई बराबर रुपमा समेट्नुपर्नेमा त्यसअनुसारको काम हुन नसकेको धारणा राखे।

प्रकाशित: २ असार २०८२ १६:५५ | Monday, June 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast