प्रतिनिधिसभा बैठक/फाइल तस्बिर
काठमाडौँ– राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सघीय निजामती सेवासम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा विधेयक पेस गर्दै उनले सांसद दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा उपसमिति गठन गरेर लामो छलफलपछि विधेयकलाई अन्तिम रुप दिइएको बताए।
‘दुई वर्षको ‘कुलिङ अफ पिरियड’ राखेर समितिबाट सर्वसम्मतिका साथ विधेयक पारित गरी ल्याइएको छ,’ सभापति खतिवडाले भने।
प्रतिनिधिसभाको अर्को बैठक सोमबार बिहान ११ः०० बजे बस्नेछ।
प्रकाशित: १ असार २०८२ १८:३३ | Sunday, June 15, 2025
प्रतिक्रिया





