वैकल्पिक शक्तिहरूसँग सहकार्यका लागि रास्वपाले संवाद कार्यदल गठन गर्ने

हिमाल प्रेस ५ असार २०८२ १२:३७ | Thursday, June 19, 2025
वैकल्पिक शक्तिहरूसँग सहकार्यका लागि रास्वपाले संवाद कार्यदल गठन गर्ने रास्वपा केन्द्रीय कार्यालय

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैकल्पिक राजनीतिक धारहरूलाई समेट्ने गरी संवाद र सहकार्यको प्रक्रिया अघि बढाउने भएको छ।

पार्टी सचिवालयको बैठकले विभिन्न स्वतन्त्र समूह, अभियन्ता र वैकल्पिक राजनीति पक्षधरहरूलाई एकताबद्ध गर्न ‘सहकार्य–संवाद कार्यदल’ गठन गर्ने निर्णय गरेको हो।

पार्टीले अहिलेको विषम राजनीतिक परिस्थितिमा समान सोच राख्ने शक्तिहरूलाई एउटै धागोमा बाँध्न आफू नेतृत्वदायी भूमिकामा रहने बताएको छ।

बैठकपछि जारी निर्णयमा उल्लेख छ, ‘विषम राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूलाई एउटै धागोमा बाँध्न पार्टीले नेतृत्व लिने र सहकार्य–संवाद कार्यदल गठन गर्ने।’

यससँगै बैठकले पार्टीको पहिलो महाधिवेशन सफल बनाउन सातै प्रदेशमा महाधिवेशन केन्द्रित संगठनात्मक अभियान सञ्चालन गर्ने पनि निर्णय गरेको छ।

प्रकाशित: ५ असार २०८२ १२:३७ | Thursday, June 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast