![लोकतन्त्रको अपमान संसदभित्रै  [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2025/06/sansad-rsp.jpg) 
                             
                                            काठमाडौँ- प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सोमबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्।
बैठक सुरु भएलगत्तै सभामुख देवराज घिमिरेले बैठकको कार्यसूची अगाडि बढाउन खोजेपछि रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाए। उनीहरूले निरन्तर नाराबाजी गर्दै संसद् अवरोध गरे।
विरोधका बीच सभामुख घिमिरेले राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनलाई बोल्न समय दिए। अध्यक्ष लिङ्देनले संसद् अवरोधको अवस्थाबीच बैठक जबर्जस्ती सञ्चालन गर्न खोजिएको भन्दै राप्रपाले भाग नलिने घोषणा गरे।
‘जबसम्म जबर्जस्ती संसद्लाई अगाडि बढाउने काम भइरहन्छ, तबसम्म राष्ट्रिय प्रजातन्त्र पार्टी यस कर्मकाण्डमा सहभागी हुँदैन,’ उनले भने, ‘हामी बहिष्कार गर्छौं।’
लिङ्देनको वक्तव्यपछि रास्वपाका सांसदहरूले वेल घेरेर नाराबाजी सुरु गरेका थिए।
यद्यपि, निरन्तर विरोधका बाबजुद सभामुख घिमिरेले अघिल्लो दिनझैं बैठकको कार्यसूची अघि बढाएका छन्।







 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 