राष्ट्र बैंकका गभर्नर पौडेलको सम्पत्ति : ४५ तोला सुन, १५ लाख कित्ता सेयर

हिमाल प्रेस ११ असार २०८२ १५:११ | Wednesday, June 25, 2025
राष्ट्र बैंकका गभर्नर पौडेलको सम्पत्ति : ४५ तोला सुन, १५ लाख कित्ता सेयर फाइल तस्बिर

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। राष्ट्रको गभर्नरमा नियुक्त भएपछि पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ललितपुर र नवलपरासीमा घर जग्गा, ४५ तोला सुन र १५ लाखको हिराको गहना रहेको छ।

उनकी श्रीमती प्रतिभा शर्माको नाममा ललितपुरको सैंबु र नवलपरासी गैँडाकोटमा एक्एकवटा घर र जग्गा रहेको छ। त्यस्तै श्रीमती प्रतिभाको नाममा ४५ तोला सुन र १५ लाख मूल्य बराबरको हिराका गहना रहेका छन्।

विभिन्न बैंक, वित्तीय तथा सहकारी संस्थामा उनको र श्रीमतीको गरी २० लाख ६८ हजार ९०५ रुपैयाँ नगद जम्मा छ। त्यस्तै दुवै जनाको नाममा ४ हजार ५१३ अमेरिकी डलर पनि रहेको उनले उल्लेख गरेका छन्।

गभर्नर पौडेलले विभिन्न सातवटा कम्पनीमा आफ्नो र श्रीमतीको नामा सेयर/ऋणपत्रमा १५ लाख ३६ हजार ५ सय ८९ कित्ता सेयर रहेको छ।

उनको सानिमा बैंक, सानिमा माइ हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रोपावर, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर, चितवन इनर्जी लिमिटेडमा साधारण सेयर रहेको छ।

श्रीमती प्रतिभाको नाममा ४४ लाख रुपैयाँ बराबरको एउटा सुजुकी गाडी रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छ। पौडेलको नाममा ऋण छैन।

प्रकाशित: ११ असार २०८२ १५:११ | Wednesday, June 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast