राप्रपा-रास्वपाको अवरोधका बीच अघि बढ्यो संसद्

हिमाल प्रेस १ असार २०८२ १३:०७ | Sunday, June 15, 2025
राप्रपा-रास्वपाको अवरोधका बीच अघि बढ्यो संसद् फाइल तस्बिर

काठमाडौँ। ‘भिजिट भिसा’ प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्। यद्यपि, सभामुख देवराज घिमिरेले अवरोधका बीच नै बैठक अघि बढाएका छन्।

दुई दलको अवरोधबीच सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेलाई समय दिएका छन्। घिमिरेले बोल्न थालेपछि रास्वपाले वेल घेराउ गरेका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसद खुलाउन सहमति गरे पनि रास्वपा र राप्रपाले अवरोध जारी राखेपछि आइतबार सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।

प्रकाशित: १ असार २०८२ १३:०७ | Sunday, June 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast