राप्रपाको बहिष्कार र रास्वपाको अवरोधबीच संसद्‌मा प्रधानमन्त्रीले सांसदका प्रश्नको उत्तर दिने कार्यसूची

हिमाल प्रेस ६ असार २०८२ ६:४० | Friday, June 20, 2025
राप्रपाको बहिष्कार र रास्वपाको अवरोधबीच संसद्‌मा प्रधानमन्त्रीले सांसदका प्रश्नको उत्तर दिने कार्यसूची फाइल तस्बिर : रासस

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य (सांसद) ले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ।

प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको प्रबन्ध गरिएको छ। यस्तै, विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत ६ वटा मन्त्रालयको समूहीकृत रूपमा छलफल हुने कार्यसूची छ।

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विनियोजनमाथि छलफल हुने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ।

संसद्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सदन अवरोध गर्दै आएका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न रहेको दाबी गर्दै यी दुई पार्टीले गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समिति गठन माग गरेका छन्।

सदन सुरु हुनेबित्तिकै राप्रपाले बहिष्कार र रास्वपाले वेल घेराउन गर्दै आएको छ। एक जना सांसदको पनि अभिभावक रहेका सभामुख देवराज घिमिरेले सत्ताको आडमा यी विपक्षीलाई पेलेरै संसद्को कारबाही अघि बढाएका छन्।

प्रकाशित: ६ असार २०८२ ६:४० | Friday, June 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast