महिला फुटबल टोलीलाई बलियो बनाउँछु : नवनियुक्त कोच प्याट्रिक

हिमाल प्रेस २३ जेठ २०८२ १७:१९ | Friday, June 6, 2025
महिला फुटबल टोलीलाई बलियो बनाउँछु : नवनियुक्त कोच प्याट्रिक प्याट्रिक डे वाइल्ड

काठमाडौँ– राष्ट्रिय महिला टोलीका नवनियुक्त मुख्य प्रशिक्षकमा प्याट्रिक डे वाइल्डले आफ्नो अनुभवका आधारमा नेपाली टोलीलाई बलियो बनाउँदै लैजाने बताएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार ललितपुरस्थित एन्फा कम्प्लेक्समा आयोजना गरेको स्वागत कार्यक्रममा आगामी खेलमा राम्रो नजिता ल्याउने गरी आफ्नो अनुभवका आधारमा नेपाली टोलीलाई बलियो बनाउँदै लैजाने बताएका हुन्।

नेपालमा रहँदा उत्कृष्ट प्रशिक्षकको भूमिका निर्वाह गर्ने उनले बताए। उनले एएफसी महिला एसियन कप छनोटमा राम्रो नतिजा ल्याउने गरी प्रशिक्षणमा केन्द्रीत हुने उल्लेख गरे।

फुटबलमा असम्भव केही नरहेको भन्दै उनले राम्रो तयारी गर्न सके राम्रो नजिता आउने बताए।

एन्फा प्रवक्ता सुरेश शाहले राष्ट्रिय महिला टोलीका नवनियुक्त मुख्य प्रशिक्षकमा प्याट्रिकसँग एक वर्षको सम्झौता गरेको जानकारी दिए। सिफारिस समितिको सिफारिसअनुसार प्याट्रिकलाई एन्फाले नियुक्त गरेको भन्दै उनले राष्ट्रिय महिला टोली थप बलियो भएर अघि बढ्ने विश्वास व्यक्त गरे।

यूईएफए प्रो–लाइसेन्स होल्डर प्याट्रिकले उज्बेकिस्तानमा हुने एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत लाओसविरुद्धको खेलमार्फत प्रशिक्षकको भूमिकामा नेपाली टोलीमा डेब्यु गर्ने एन्फाले जनाएको छ। यो खेल २९ जुनमा हुनेछ।

नेपालले दोस्रो खेल श्रीलंका र अन्तिम खेल घरेलु टोली उज्बेकिस्तानसँग खेल्नेछ। समूहको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलियामा हुने एसिया कपमा स्थान बनाउने छ।

प्रकाशित: २३ जेठ २०८२ १७:१९ | Friday, June 6, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast