मनसुन सक्रिय छिट्टै हुँदै छ : मौसम विभाग

हिमाल प्रेस २९ जेठ २०८२ १३:५४ | Thursday, June 12, 2025
मनसुन सक्रिय छिट्टै हुँदै छ :  मौसम विभाग फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले एक साताभित्र देशभर मनसुन सक्रिय हुने पूर्वानुमान गरेको छ। यस वर्ष औसत मितिभन्दा १५ दिनअघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको र एक साताभित्र देशभर मनसुन सक्रिय हुने पूर्वानुमान गरेको हो।

विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले बिहीबारबाट देशव्यापी रुपमा वर्षाका गतिविधि बढेको बताइन्। केही दिन सवै प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना देखिएको उनको भनाइ छ। उनले भनिन्, ‘हालसम्म मनसुनी वायु पूर्वी क्षेत्रमा मात्रै रहेको र एक साताभित्र देशभर फैलनेछ।’

कँडेलले यस वर्ष देशभर वर्षाका साथै अधिकतम तथा न्यूनतम तापक्रमसमेत औसतभन्दा बढी मापन हुने सम्भावना देखिएको बताइन्।

प्रकाशित: २९ जेठ २०८२ १३:५४ | Thursday, June 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast