भिजिट भिसा प्रकरणमा सदनमा रास्वपाको आक्रोश, पेलेरै अघि बढे सभामुख

हिमाल प्रेस १ असार २०८२ १३:१० | Sunday, June 15, 2025
भिजिट भिसा प्रकरणमा सदनमा रास्वपाको आक्रोश, पेलेरै अघि बढे सभामुख

काठमाडौँ- प्रतिनिधिसभाको आइतबारको बैठक पनि अवरोधका बाबजुद सञ्चालन भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले बेल घेराउ गर्दै विरोध जनाए पनि सभामुख देवराज घिमिरेले संसद्‌को नियमित कारबाही अघि बढाएका हुन्।

विपक्षी दलहरू निरन्तर संसद्मा विरोध गर्दै आइरहेका छन्। तर, गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा दुई बुँदे सहमतिपछि नेकपा माओवादी केन्द्र पछि हटेको छ।

आजको बैठक प्रारम्भ भएपछि रास्वपा र राप्रपाका सांसदहरू उठेर बेल घेराउमा उत्रिए। उनीहरूको विरोधका ‍बीच सभामुख घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र नेकपा एमालेका सचिव योगेश भट्टराईलाई बोल्ने मौका दिएका थिए।

यसअघि शुक्रबारको बैठकमा पनि सभामुख घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए। साथै, गृहमन्त्री लेखकलाई समेत मन्तव्य राख्न अनुमति दिँदै उनले माफूमाथि लागेको आरोप असत्य भएको दाबी गरेका थिए।

प्रकाशित: १ असार २०८२ १३:१० | Sunday, June 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast