बोल्न नदिएकाले संसद् बहिष्कार गर्नुपर्‍यो : रास्वपा

हिमाल प्रेस ६ असार २०८२ १३:२० | Friday, June 20, 2025
बोल्न नदिएकाले संसद् बहिष्कार गर्नुपर्‍यो : रास्वपा

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठक बहिष्कार गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्‌मा बोल्न नपाएको गुनासो गरेको छ।

बैठक बहिष्कारपछि आयोजित पत्रकार सम्मेलनमा रास्वपा सांसदहरूले प्रधानमन्त्रीसँग प्रश्न गर्न तयार पारिएको सामग्री प्रस्तुत गर्न नदिएकाले बहिष्कार गर्नुपरेको बताएका हुन्।

सांसद सुमन श्रेष्ठले पत्रकारहरूसँग कुरा गर्दै भनिन्, ‘प्रधानमन्त्री देशका अभिभावक हुनुहुन्छ। उहाँलाई सम्बोधन गरेर तयार पारिएको विषय पढ्न नदिएपछि हामी बाध्य भएर मिडियामार्फत सार्वजनिक गर्नुपरेको हो।’

रास्वपाका सांसदहरू लामो समयदेखि गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद्‍मा वेल घेर्ने, नाराबाजी गर्ने जस्ता विरोधका गतिविधिमा सहभागी हुँदै आएका छन्।

आजको बैठकमा पनि विरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले उनीहरूलाई बस्न आग्रह गरे पनि नमानेपछि रास्वपा सांसदहरू बैठक कक्षबाट बाहिरिएका थिए।

प्रकाशित: ६ असार २०८२ १३:२० | Friday, June 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast