डेब्यु निर्देशक एकताको ‘हर्ष’ मंसिर १२ मा

हिमाल प्रेस ९ असार २०८२ १३:२४ | Monday, June 23, 2025
डेब्यु निर्देशक एकताको ‘हर्ष’ मंसिर १२ मा

काठमाडौँ- एकता पौडेलको डेब्यु निर्देशनमा निर्माण भएको फिल्म ‘हर्ष’ आगामी मंसिर १२ मा प्रदर्शन हुने भएको छ। फिल्मको टाइटल भिडियोसँगै निर्माण टिमले मंसिर १२ लाई प्रदर्शन मिति घोषणा गरेका हुन्।

उक्त भिडियोमा स्व. निर्देशक शिव रेग्मीप्रति समर्पित गरिएको छ। निर्देशक पौडेल स्व. निर्देशक रेग्मीकी भान्जी हुन्।
न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन तथा आमसञ्चारमा स्नातक गरेकी छन्। व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा फिल्म निर्माण गरिसकेकी छन्।

चितवनमा छायांकन गरिएको फिल्मको अहिले पोष्ट प्रोडक्सनको काम भइरहेको छ। फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन र संगीता नापितको अभिनय छ। फिल्मको कथा निर्देशक पौडेलले नै लेखेकी हुन्। फिल्मको कथा पारिवारिक तथा सामाजिक परिवेशमा आधारित छ।

आलोक शुक्लाले छायांकन गरेको फिल्म लोकेश बज्राचार्यको सम्पादनमा बनेको छ। फिल्मका निर्माता प्रशन्न पौडेल र विकास पौडेल हुन्। अष्टलक्ष्मी प्रोडक्सन र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको छ।

प्रकाशित: ९ असार २०८२ १३:२४ | Monday, June 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast