ट्रेन्डिङमा मौलिक घाँसे गीत ‘लाइदेउ माया हाँसेर’

हिमाल प्रेस १६ असार २०८२ १२:४० | Monday, June 30, 2025
ट्रेन्डिङमा मौलिक घाँसे गीत ‘लाइदेउ माया हाँसेर’

काठमाडौँ- अहिले धान रोप्ने समय छ। यही अवसरमा संगीतकारहरूले असारे भाकाका गीत सार्वजनिक गरिरहेका छन्। यसैबीच मौलिक घाँसे गीत ‘लाइदेउ माया हाँसेर’ युट्युबको ट्रेन्डिङमा परेको छ।

धान रोप्न जाँदा भेट भएका दुई प्रेमीको कथामा बनेको गीत यतिबेला युट्युबको ट्रेन्डिङ २६ मा परेको हाे। रामेश्वर भण्डारी र सुशीला लामाको स्वर र संगीत रहेको गीत राजकुमार खनालले लेखेका हुन्।

मिलन श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा गायकगायिका रामेश्वर र सुशीलासहित गीतकार राजकुमार र रिया पन्तको अभिनय छ। भिडियोमा फाँटमा खेत रोप्दै गरेको दृश्य कैद गरिएको छ।

गीत सुशीला लामाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

यस्तो छ गीत

प्रकाशित: १६ असार २०८२ १२:४० | Monday, June 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast