ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

हिमाल प्रेस ३१ जेठ २०८२ ७:५७
ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

काठमाडौँ- जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा परेका ​नलगाड नगरपालिका–७ बगराका १९ वर्षीय विनोद परियारको उपचारका क्रममा रुकुमपश्चिमको चौरजहारी मिसन अस्पतालमा मृत्यु भएको हो।

शुक्रबार नलगाड नगरपालिका-७ खगेनकोटस्थित जाजरकोट-डोल्पा सडक खण्डमा सरिया लोड गरी दल्लीदेखि कायाखेत जाँदै गरेको भे १ त ८७११ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते विनोद र १९ वर्षीय जयबहादुर परियारलाई उद्धार गरी उपचारका लागि प्रहरीले नगर अस्पताल दल्ली पठाएको थियो। दल्लीमा प्राथमिक उपचारपछि दुवैलाई रुकुमपश्चिमस्थित चौरजहारी मिसन अस्पताल पठाइएको थियो।

चौरजहारी मिसन अस्पतालमा उपचारका क्रममा चालक विनोदलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष चन्दले बताए। जयबहादुरलाई थप उपचारका लागि नेपालगन्ज पठाएको उनले जानकारी दिए।

प्रकाशित: ३१ जेठ २०८२ ७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast