घरेलु मदिराको बजारीकरण विशेष प्राथमिकतामा छ : उद्योगमन्त्री

हिमाल प्रेस ९ असार २०८२ २१:३६ | Monday, June 23, 2025
घरेलु मदिराको बजारीकरण विशेष प्राथमिकतामा छ : उद्योगमन्त्री

काठमाडौँ- सरकारले घरेलु मदिराको बजारीकरण गरी आर्थिक उपार्जनका लागि थप योजनाबद्ध प्रयास गर्ने भएको छ। घरेलु मदिराको उत्पादन, बजारीकरण र प्रवर्द्धन गर्ने कार्यक्रमलाई निरन्तरता मात्रै दिइएको छैन, त्यसका लागि आवश्यक बजेट र स्रोत परिचालन गर्ने भएको छ।

प्रतिनिधिसभाको आज (सोमबार) को बैठकमा सांसदहरूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका बारेमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री दामोदर भण्डारीले घरेलु मदिराको बजारीकरणका लागि सरकारको तर्फबाट आवश्यक पहल हुने बताए।

विशेष गरी यसका लागि प्रवर्द्धनात्मक कार्यक्रम गर्न उद्योग विभागबाट कार्यान्वयन हुने गरी आवश्यक बजेट विनियोजन गरिएको र मन्त्रालयबाट समेत भविष्यमा थप आवश्यक कार्यक्रम गर्ने गरी बजेट हेडिङ मात्र खुला गरिएको मन्त्री भण्डारीले जानकारी दिए।

यस्तै सरकारले हालसम्म पहिचान भएका खानीको रोष्टर तयार गर्ने, खानीहरूको निरन्तर अध्ययन, अनुसन्धान गरी खानी अन्वेषण खानी तथा भूगर्भ विभागबाट भइराखेको र चालु आवमा खानी अन्वेषणका क्षेत्रमा विशेष प्राथमिकता दिई रकम विनियोजनसमेत गरेको उनको भनाइ छ। खानी तथा भूगर्भसम्बन्धी आवश्यक प्रक्रिया पुर्‍याई निजी क्षेत्रलाई खानी उत्खनन अनुमति प्रदान गर्ने, त्यसका लागि सरकारी तथा निजी क्षेत्रसँग सहकार्यसमेत गर्दै आइरहेको मन्त्री भण्डारीले जानकारी दिए।

प्रकाशित: ९ असार २०८२ २१:३६ | Monday, June 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast