गर्मी बढेपछि सुनसरीका दुई पालिकाका विद्यालयमा बिदा

हिमाल प्रेस २७ जेठ २०८२ २०:३० | Tuesday, June 10, 2025
गर्मी बढेपछि सुनसरीका दुई पालिकाका विद्यालयमा बिदा विद्यालय

इटहरी- अत्यधिक गर्मीका कारण सुनसरीका दुई पालिकाले बिदा दिएका छन्। इटहरी उपमहानगरपालिका र इनरुवा नगरपालिकाले बिदा दिएको हो।

इटहरी उपमहानगरपालिकाकी कार्यवाहक मेयर संगीता चौधरीले मंगलबार एक सूचना जारी गर्दै इटहरी क्षेत्रभित्रका सबै विद्यालयहरूमा बुधबार गर्मी बिदा दिने जनाएको हो।

अत्यधिक बढ्दो तापक्रमका कारण विद्यालय सञ्चालनमा कठिनाइ भइरहेको र विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको जनाउँदै उपमहानगरले एक दिन बिदा दिने निर्णय गरेको हो।

यसै गरी इनरुवा नगरपालिका क्षेत्रका विद्यालयहरूमा तीन दिन अर्थात् जेठ २८ गतेदेखि ३० गतेसम्म बिदा दिइएको हो।

मंगलबार पालिकाद्वारा प्रकाशित सार्वजनिक सूचनाअनुसार अत्याधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर परी पठनपाठनमा समस्या उत्पन्न भएकोले यहाँका सबै विद्यालयहरूमा बिदा दिने निर्णय गरिएको हो। उक्त बिदा बर्खे बिदाबाट कट्टा हुने बताइएको छ।

प्रकाशित: २७ जेठ २०८२ २०:३० | Tuesday, June 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast