काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूलको थोक मूल्य सार्वजनिक गरेको छ।
जसअनुसार स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) रु ३००, केरा प्रति दर्जन रु १५०, कागती रु १७०, अनार रु ३५०, आँप (माल्द) रु ७० र आँप (दशहरी) रु ८०।
यस्तै, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) रु ३५०, तरबुजा (हरियो) रु ४०, मौसम रु २००, जुनार रु २५०, र भुइँकटहर प्रतिगोटा रु १९० तोकिएको छ।
काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) रु १८, रुखकटहर रु ६०, मेवा (भारतीय) रु १०० र लिची (लोकल) रु १९० मा कारोबार हुने समितिले जनाएको छ।
प्रकाशित: ६ असार २०८२ ८:३४ | Friday, June 20, 2025
प्रतिक्रिया





