कांग्रेस सांसद बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश

हिमाल प्रेस १५ असार २०८२ २१:०१ | Sunday, June 29, 2025
कांग्रेस सांसद बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश मोहनबहादुर बस्नेत। फाइल तस्बिर

काठमाडौँ- विशेष अदालतले नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले आइतबार यस्तो आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रकरणमा बस्नेतविरूद्ध गत जेठ १ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अख्तियारले ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)’ उपकरण खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै पूर्वमन्त्री बस्नेतसहित प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा गरी १६ जनामाथि मुद्दा दायर गरेको हो।

सांसद बस्नेतविरूद्ध अख्तियारले ३ अर्ब २१ करो ८३ लाख ७७ हजार १८२ रुपैयाँ बराबरको मागदाबी लिएको छ।

यो प्रकरणमा प्राधिकरणका तत्कालीन अध्यक्ष झा, प्राधिकरणका तत्कालीन सदस्य धनराज ज्ञवाली र टीकाप्रसाद उपे्रती, तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, निर्देशक विजयकुमार राय, उपनिर्देशकहरू रेवती राय पन्थ,सुरेश बस्नेत, हिरण्यप्रसाद वस्ताकोटी, अच्युतानन्द मिश्र, सन्दीप अधिकारी निर्देशकहरू सुरेन्द्रलाल हाडा, दिपेश आचार्यविरूद्ध मुद्दा दायर भएको छ।

प्रकाशित: १५ असार २०८२ २१:०१ | Sunday, June 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast