कर्णाली प्रदेशसभाको बैठक माओवादीको असहमतिपछि अनिश्चित

हिमाल प्रेस १ असार २०८२ १६:२१ | Sunday, June 15, 2025
कर्णाली प्रदेशसभाको बैठक माओवादीको असहमतिपछि अनिश्चित

सुर्खेत – कर्णाली प्रदेशसभाको बैठक सत्तापक्ष र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रबीच सहमति नजुट्दा अनिश्चित बनेको छ।

माओवादी केन्द्रले सरकारले योजना बैंकमा समावेश योजनाहरू सार्वजनिक नगरेरै बजेट ल्याउन खोजेको आरोप लगाउँदै संसद् बैठकमा सहभागी नहुने अडान लिएको छ।

माओवादी संसदीय दलको बैठकले योजना बैंकका योजनाहरू पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने र मुख्यमन्त्री यामलाल कँडेलले संसद्मा व्यक्त गरेको प्रतिबद्धताअनुसार जिल्लाहरूबाट सिफारिस भएका योजनाहरू बजेटमा समावेश नभएसम्म संसद् बैठकमा उपस्थित नहुने निर्णय गरेको छ।

माओवादीको अनुपस्थितिका कारण कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न सकेको छैन। आइतबार दिउँसो ३ बजेका लागि तय भएको प्रदेशसभा बैठक अनिश्चित बनेको हो।

मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष ०८२/०८३ को बजेट पारित गरिसकेको छ।

प्रकाशित: १ असार २०८२ १६:२१ | Sunday, June 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast