ओली भेट्न किन बालुवाटार पुगिन् विद्या?

हिमाल प्रेस ४ असार २०८२ ६:४४ | Wednesday, June 18, 2025
ओली भेट्न किन बालुवाटार पुगिन् विद्या?

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। मंगलबार साँझ पूर्व राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेकी थिइन्। उनीहरूबीच एक घण्टाभन्दा लामोसमय कुराकानी भएको स्रोतले जनाएको छ।

ओलीकै प्रस्तावमा दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारी र प्रधानमन्त्री ओलीबीचको सम्बन्धमा पछिल्लो सयम तिक्तता आएको सार्वजनिक टिप्पणी भइरहेका बेला भएको यो भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

भेटमा राष्ट्रपति भण्डारी र ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले जनाएको छ। भेटमा भण्डारीले हालै भएको आफ्नो चीन भ्रमणका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएकी छन्।

प्रकाशित: ४ असार २०८२ ६:४४ | Wednesday, June 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast