एसईई नतिजाका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु

हिमाल प्रेस १३ असार २०८२ १३:५८ | Friday, June 27, 2025
एसईई नतिजाका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनका विषयमा निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु भएको छ।

बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार प्राविधिक कुनै समस्या नआएमा आजै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ। यदि केही समस्या देखा परेमा भोलिसम्ममा नतिजा प्रकाशन गरिने उनले बताए।

एसईईको नतिजा प्रकाशनसम्बन्धी अन्तिम निर्णय गर्न बोर्ड बैठक बसिरहेको हो।

२०८१ सालको परीक्षा गत चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षा बोर्डका अनुसार नियमिततर्फ ४ लाख ३१ हजार ४६६ जना र ग्रेड वृद्धि तर्फ ६७ हजार ७१५ जना गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

प्रकाशित: १३ असार २०८२ १३:५८ | Friday, June 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast