एसईईबारे शिक्षा मन्त्रालयको यस्तो प्रस्ताव

हिमाल प्रेस १ असार २०८२ १०:०५ | Sunday, June 15, 2025
एसईईबारे शिक्षा मन्त्रालयको यस्तो प्रस्ताव

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशस्तरबाट सञ्चालन हुने सम्भावना देखिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षासम्बन्धी विधेयकमा यस्तो प्रस्ताव अघि सारेको हो।

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भइरहेको विद्यालय शिक्षा विधेयकमाथिको छलफलका क्रममा मन्त्रालयले एसईई परीक्षा प्रदेशको समन्वयमा सञ्चालन गर्ने योजना प्रस्तुत गरेको हो।

मन्त्रालयका अनुसार कक्षा १० उत्तीर्ण गरेपछि विद्यार्थीले विभिन्न शिक्षाका धार रोज्न पाउने भएकाले मूल्यांकनमा समानता र एकरूपता आवश्यक हुन्छ। त्यसैले परीक्षा प्रणाली अझै आवश्यक रहेको निष्कर्ष मन्त्रालयले निकालेको छ। ‘कक्षा १० को अन्तिम परीक्षा (एसईई) अब प्रदेशस्तरमा हुनेछ,’ प्रस्तावमा उल्लेख छ।

परीक्षा सञ्चालन प्रदेश परीक्षा बोर्डको समन्वयमा र सम्बन्धित शिक्षा कार्यालयको संयोजनमा गरिने प्रस्तावमा उल्लेख छ। यसअघि संसद्मा पेस भएको मूल विधेयक र उपसमितिको प्रतिवेदनमा भने एसईईबारे उक्त समावेश गरिएको थिएन।

प्रकाशित: १ असार २०८२ १०:०५ | Sunday, June 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast