आरन सुधार गर्न अनुदानमा आधुनिक औजार वितरण

हिमाल प्रेस ३० जेठ २०८२ ८:५६ | Friday, June 13, 2025
आरन सुधार गर्न अनुदानमा आधुनिक औजार वितरण

गोरखा- बारपाक सुलिकोट गाउँपालिकाले परम्परागत आरन सुधारका लागि अनुदानमा आधुनिक औजार वितरण गरेको छ। पालिकाक्षेत्रमा लामो समयदेखि आरन सञ्चालन गर्दै आएका १४ जनालाई आधुनिक औजार उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए।

‘परम्परागत सीपलाई प्रविधिमैत्री बनाउँदै लैजान सके पुर्खादेखि गर्दै आएको पेसा लोप हुने अवस्था पनि आउँदैन’, उनले भने, ‘आरनमा काम गर्नेलाई थप व्यावसायिक बनाउन र प्रविधिमैत्री बनाउन पालिकाले अनुदान कार्यक्रममार्फत आधुनिक औजार उपलब्ध गराएको हो।’

अध्यक्ष भट्टले परम्परागत पेसालाई संरक्षण गर्दै नयाँ पुस्तालाई आकर्षित गर्न त्यसलाई प्रविधिमैत्री बनाउँदै लैजाउनुपर्ने आवश्यकता रहेको बताए।

‘आधुनिक उपकरणको प्रयोगबाट व्यवसायीलाई छिटोछरितो औजार निर्माण गर्न मात्र सहयोग पुग्ने नभई कम लगानीमा धेरै उत्पादन गर्नसक्ने अवस्था बन्छ,’ उनले भने। पालिकाले प्रत्येक व्यवसायीलाई रु तीस हजारभन्दा बढीका औजार उपलब्ध गराएको उहाँले जानकारी दिए।

आरन सुधार कार्यक्रमअन्तर्गत पालिकाले व्यवसायीलाई विद्युतीय पंखा, सुरक्षित पञ्जा, ग्रेडरलगायत सामग्री प्रदान गरेको हो।

प्रकाशित: ३० जेठ २०८२ ८:५६ | Friday, June 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast