‘सुर्तीजन्य पदार्थ नियन्त्रणमा स्थानीय सरकार जिम्मेवार बन्नुपर्छ’

हिमाल प्रेस १६ जेठ २०८२ २०:१९
12
SHARES
‘सुर्तीजन्य पदार्थ नियन्त्रणमा स्थानीय सरकार जिम्मेवार बन्नुपर्छ’

काठमाडौँ- सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनमा स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन्।

आज (शुक्रबार) यहाँस्थित काठमाडौँ महानगरपालिका–७, स्वास्थ्य मन्त्रालय र हेल्थ टुडे मिडियाको संयुक्त आयोजनामा ‘सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनसम्बन्धी सरोकारवालाहरुबीच अन्तरक्रिया’ गरेको थियो।

सो अन्तरक्रियामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीले सुर्तीजन्य पदार्थ नियन्त्रण एवं नियमन सङ्घीय सरकारको प्रयासले मात्र सम्भव नहुने बताए। स्थानीय सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।

नेपालमा नसर्ने रोगको बढ्दो प्रकोपका कारणमध्ये सुर्तीजन्य पदार्थको सेवन  प्रमुख भएको बताउँदै डा. केसीले कानुनले सार्वजनिक स्थालमा सुर्तीजन्य पदार्थ सेवन निषेध गरे पनि व्यवहारमा पालना हुन नसकेको औँल्याए।

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाउन स्थानीय सरकारले कदम चाल्नुपर्ने र यसले धेरै हदसम्म कानुन कार्यान्वयन हुने डा. केसीको भनाइ छ। उनले भने, ‘नेपालमा वर्सेनि ३० हजार मानिसको मृत्युको कारण सुर्तीजन्य पदार्थ सेवन हो। यो तथ्यांकमा सबैले ध्यान दिन आवश्यक छ।’

नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अनुसन्धान विज्ञ डा. जयकुमार गुरुङले सुर्तीजन्य पदार्थमा करको दर बढाउनुपर्नेमा हिजो ल्याएको बजेटमा एकदमै न्यून रुपमा कर बढाएकोमा आपत्ति जनाए। डा. गुरुङले खुद्रा व्यापारीले अनिवार्य रुपमा वडामा दर्ता गराएर मात्र सुर्तीजन्य पदार्थ बिक्री  गर्ने व्यवस्था गर्नुपर्ने र सार्वजनिकस्थलको १०० मिटर दूरीभित्र   स्थानीय निकायले बेचविखन गर्न दिन नहुनेमा जोड दिए। रासस

प्रकाशित: १६ जेठ २०८२ २०:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast