कनकाई नगरपालिकामा सुर्तीजन्य पदार्थ बिक्री र प्रयोगमा प्रतिबन्ध

हिमाल प्रेस २६ जेठ २०८० ७:५६
6
SHARES
कनकाई नगरपालिकामा सुर्तीजन्य पदार्थ बिक्री र प्रयोगमा प्रतिबन्ध

झापा– झापाको कनकाई नगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री-वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ। यही जेठ १७ गते सम्पन्न २५औं कार्यपालिकाको निर्णय कार्यान्वयन गर्दै कनकाई नगरपालिकाले आगामी साउन १ गतेदेखि नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री-वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको हो।

नगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत सुर्तीजन्य पदार्थको बिक्री-वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोखरेलले बताए।

‘गुट्खा, सुर्ती, पराग, चुरोटलगायतको खोल-ठुटा यत्रतत्र फालिँदा वातावरण प्रदूषणसँगै नगर नै कुरूप देखिन थालेको छ,’ उनले भने।

कनकाईका सबै राजनीतिक दलले समेत स्वास्थ्य र वातावरणमा प्रतिकूल असर गर्ने यस्ता वस्तुको बिक्री-वितरणमा निषेध लगाउन ऐक्यबद्धता जनाएका छन्।

दलका प्रतिनिधिहरूले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन निषेध गर्ने नगरको निर्णयमा सहमति जनाउँदै हस्ताक्षर गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =