सिद्धिविक्रम शाह एआईजीमा बढुवा

हिमाल प्रेस १६ जेठ २०८२ १६:१२
18
SHARES
सिद्धिविक्रम शाह एआईजीमा बढुवा

काठमाडौँ- सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) सिद्धिविक्रम शाहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी शाहलाई एआईजीमा बढुवा गरेको हो।

उनलाई जेठ १३ गतेदेखि लागू हुनेगरी एआईजीमा बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

४ वैशाखमा बढुवा सिफारिस भएका एआईजी लालमणि आाचार्य अनिवार्य अवकाशमा गएपछि शाहलाई बढुवा गरिएको हो।

नेपाली प्रहरी प्रधान कार्यालय विशेष ब्यूरोमा कार्यरत शाहलार्ई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागमा पदस्थापन गरिएको छ।

प्रकाशित: १६ जेठ २०८२ १६:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast