राष्ट्रिय युवा संघमा करिब ६० प्रतिशत मत खस्यो

हिमाल प्रेस १३ जेठ २०८२ १५:२०
16
SHARES
राष्ट्रिय युवा संघमा करिब ६० प्रतिशत मत खस्यो पोखरामा जारी युवा संघको महाधिवेशनमा सहभागी प्रतिनिधिहरू। तस्बिर : हिमालप्रेस

पोखरा‍- एमाले निकट राष्ट्रिय युवा संघ नेपालको १० औँ महाधिवेशनमा जारी मतदानमा करिब ६० प्रतिशत मत खसेको छ। पोखरा सभागृहमा मंगलबार बिहान १० बजेपछि सुरु भएको मतदान समय दिउँसो ३ बजेसम्म तोकिएको छ। दिउँसो २ बजेसम्मको विवरणअनुसार करिब ६० प्रतिशत मत खसेको निर्वाचन अधिकृत ईश्वरी पौडेलले जानकारी दिइन्।

१७ सय ६४ जना मतदाता रहेकोमा हालसम्म सात प्रदेशसहित विशेष प्रदेश र आयोगमा गरी कुल १०५८ मत खसेको उनले जानकारी दिइन्। ४५ वटा इलेक्ट्रिक भोटिङमार्फत मतदानको व्यवस्था मिलाइएको छ। एकजना मतदातालाई कम्तीमा ५ देखि बढीमा १० मिनेटसम्म समय लाग्ने गरेको मतदाताहरूले बताए।

चुनाव निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न महाधिवेशनस्थल पोखरा सभागृह परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ। हरेक प्रदेशको छुट्टाछुट्टै मेसिनमार्फत मतदान व्यवस्था मिलाइएको छ।

कोशीमा २०९ मतदातामध्ये १६१ मत खसेको छ। मधेश प्रदेशमा १७४ मध्ये ९६ मत खसेको छ भने बागमतीमा १८६ मतदातामध्ये १५३ मत खसेको छ। गण्डकीमा १४० मतदातामध्ये ८१, कर्णालीमा १२४ मध्ये ७८ मत तथा सुदूरपश्चिममा १३५ मतदातामध्ये ९२ मत खसेको छ।

विशेष प्रदेशतर्फ ७९ मध्ये ४७ र आयोगमा ५५० मतदातामध्ये २३२ मत खसेको छ।

मतदान कार्य सम्पन्न भएको १ घण्टामै प्रारम्भिक नतिजा दिन सकिने गरी निर्वाचन समितिले तयारी गरेको जनाएको छ। १५१ सदस्यीय कमिटीमा आगामी नेतृत्वका लागि क्षितिज थेवे र सुमन पुरी प्यानल चुनावमा होमिएको हो।

प्रकाशित: १३ जेठ २०८२ १५:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast