लुम्बिनी प्रदेशसभामा प्रिबजेट छलफल

हिमाल प्रेस १३ जेठ २०८२ ११:२१
18
SHARES
लुम्बिनी प्रदेशसभामा प्रिबजेट छलफल

लुम्बिनी– लुम्बिनी प्रदेश सभामा मंगलबार प्रिबजेट छलफल हुने भएको छ। दिउँसो १ बजे बस्ने बैठकमा प्रिबजेट छलफल हुन लागेको हो।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित ‘प्रदेश विनियोजन विधेयक, २०८२’ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने कार्यसूची छ।

आर्थिक मामिला तथा योजनामन्त्री विधेयक पेस गरेपछि बजेटबारे छलफल सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रकाशित: १३ जेठ २०८२ ११:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast