१० महिनामा १८ लाखवटा स्मार्टफोन भित्रियो, सबैभन्दा बढी चीनबाट

हिमाल प्रेस ११ जेठ २०८२ १५:५०
4
SHARES
१० महिनामा १८ लाखवटा स्मार्टफोन भित्रियो, सबैभन्दा बढी चीनबाट

काठमाडौँ-  नेपाली  बजारमा आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा स्मार्टफोन आयात उल्लेख्य वृद्धि भएको छ। वैदेशिक व्यापारको पछिल्लो तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा स्मार्टफोन आयात १६.८ प्रतिशतले बढेको हो। १० महिना अवधिमा  झण्डै १८ लाख वटा स्मार्टफोन आयात भएको छ।

२०८१/८२ को पहिलो १० महिनामा (साउनदेखि जेठसम्म) १७ लाख ८५ हजार ६५४ वटा स्मार्टफोन आयात भएको छ। जसको मूल्य २८ अर्ब ७६ करोड रुपैयाँ बराबर छ। आयात मूल्यको हिसाबले यो वृद्धि १९.८ प्रतिशत हो। यस सरकारले स्मार्टफोन आयातबाट ५ अर्ब ३६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालले २४ अर्ब एक करोड रुपैयाँ बराबरको १५ लाख २० हजारवटा स्मार्टफोन आयात गरेको थियो। चालू वर्षको आयात संख्या र मूल्य दुवै अघिल्लो वर्षको तुलनामा माथि जान सक्ने क्रममा छन्।

नेपालको स्मार्टफोन बजारमा चीनको दबदबा कायमै छ। २०८१/८२ को पहिलो १० महिनामा नेपालले चीनबाट १४ लाख २० हजार वटा स्मार्टफोन आयात गरेको छ। यी मोबाइलको मूल्य १९ अर्ब ९२ करोड रुपैयाँ बराबर छ।

भारत दोस्रो प्रमुख स्रोतका रूपमा रहेको छ, जहाँबाट तीन लाख ५७ हजार ८०७ युनिट स्मार्टफोन ८ अर्ब ३१ करोड रुपैयाँ मूल्यमा आयात गरिएको छ। चिनियाँ ब्रान्डहरू साओमी, रेड्मी, ओप्पो, रियलमी र वनप्लस, साथै एप्पल र दक्षिण कोरियाली ब्रान्ड सामसुङ नेपालमा अत्यन्त लोकप्रिय छन्। भारतमा निर्माण एकाइ भएकाले सामसुङ र केही चिनियाँ ब्रान्डहरू भारतबाट पनि नेपाल भित्रिने गर्छन्।

प्रकाशित: ११ जेठ २०८२ १५:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast