
काठमाडौँ- भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले इंग्ल्यान्ड भ्रमणका लागि शुभमन गिलको टेस्ट टिमको नयाँ कप्तान बनाएको छ।
रोहित शर्माले सन्यासको घोषणा गरेपछि बीसीसीआईले गिललाई टेस्ट टिमको कप्तान बनाएको हो। रोहितले हालसालै टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए।
उनीलगत्तै भारतका अर्का ब्याटर विराट कोहलीले पनि टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका थिए।
इंग्ल्यान्ड भ्रमणका लागि घोषणा गरिएको भारतीय टिमको उपकप्तानको जिम्मेवारी ऋषभ पन्तलाई दिइएको छ।
भारतीय टिम जुन महिनामा इंग्ल्यान्ड भ्रमणमा जान लागेको हो। त्यहाँ उसले पाँच म्याचको टेस्ट शृंखला खेल्नेछ। टीम घोषणा गर्नुअघि मुम्बईस्थित बीसीसीआईको मुख्यालयमा बैठक बसेको थियो।
बैठकमा बीसीसीआईका सचिव देवजीत सैकिया र अजित अगरकर नेतृत्वको चयन समितिका सदस्य सहभागी थिए। बैठकपछि अगरकरले भारतीय टिमको घोषणा गरे।
भारतीय टिम
शुभमन गिल (कप्तान), ऋषभ पन्त (विकेटकिपर÷उपकप्तान), यशस्वी जयसवाल, केएल राहुल, साई सुदर्शन, अभिमन्यु ईश्वरन, करुण नायर, नितिशकुमार रेड्डी, रविन्द्र जडेजा, ध्रुव जुरेल (विकेटकिपर), वौशिंगटन सुन्दर, शार्दुल ठाकुर, जसप्रीत बुमराह, मोहम्मद सिराज, आकाश दीप, अर्शदीप सिंह, कुलदीप यादव