अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ : प्रधानमन्त्री ओली

हिमाल प्रेस ८ जेठ २०८२ १८:५५
18
SHARES
अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ : प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताएका छन्।

प्रधानमन्त्री ओलीले बिहीबार सामाजिक सञ्जालमार्फत बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताएका हुन्।

‘बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको छ। यस अवधिमा दुई खर्ब १८ अर्बको निर्यात भएको छ। अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ,’ प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।

प्रकाशित: ८ जेठ २०८२ १८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast