पर्यटन बोर्डमा ‘कुन्डलिनी-२’ एकल चित्रकला प्रदर्शनी

हिमाल प्रेस ६ जेठ २०८२ १४:०५
14
SHARES
पर्यटन बोर्डमा ‘कुन्डलिनी-२’ एकल चित्रकला प्रदर्शनी

काठमाडौँ- नेपाल पर्यटन बोर्डको नियमित ‘फोटो-नेपाल’ प्रदर्शनी कार्यक्रमअन्तर्गत ‘कुन्डलिनी-२’ शीर्षकमा एकल चित्रकला प्रदर्शनी तथा ‘कुन्डलिनी योग’ पुस्तकको लोकार्पण गरिएको छ। बोर्ड परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा ती दुवै कार्यक्रम भएका हुन्।

चित्रकार भीमप्रसाद शर्माको यो १३औँ एकल चित्रकला प्रदर्शनी हो। कार्यक्रममा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालगायत विशिष्ट अतिथिहरूको उपस्थिति थियो।

सो अवसरमा पर्यटनमन्त्री पाण्डेले सिर्जनात्मक प्रदर्शनीहरूले कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए। उनले यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिएकामा बोर्डको प्रशंसा गर्दै कला, संस्कृति र सांस्कृतिक सम्पदाको जगेर्नामा सबैको सहकार्य र सक्रियता आवश्यक पर्ने बताए।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपकराज जोशीले पर्यटन बोर्डले आगामी दिनमा कलाकार र फोटोग्राफरहरूसँग सहकार्य गरी मुलुकको पर्यटन प्रवर्द्धनलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाए। यही जेठ १० गतेसम्म हुने प्रदर्शनी अवलोकन गर्न नि: शुल्क रूपमा सर्वसाधारणका लागि खुला रहनेछ।

प्रकाशित: ६ जेठ २०८२ १४:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast