नेसपा नयाँ शक्तिको संगठन विस्तार तीव्र, तारकेश्वरमा अधिवेशन सम्पन्न

हिमाल प्रेस ४ जेठ २०८२ १०:५०
62
SHARES
नेसपा नयाँ शक्तिको संगठन विस्तार तीव्र, तारकेश्वरमा अधिवेशन सम्पन्न

काठमाडौँ- स्वाधीनता, संघीयता, सुशासन, समृद्धि र समाजवाद भन्ने मूल नाराका साथ अगाडि बढिरहेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) हाल देशभर संगठन विस्तार तथा निर्माण अभियानमा तीव्र रूपमा सक्रिय बनेको छ।

पार्टीले वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गर्न स्थानीय तहदेखि केन्द्रसम्म सांगठनिक गतिलाई तीव्र पारेको जनाएको छ। यही अभियानअन्तर्गत नेसपा नयाँ शक्तिको प्रथम तारकेश्वर नगर अधिवेशन हालै सम्पन्न भएको छ। अधिवेशनले रमेश प्रसाद ढुंगानाको अध्यक्षतामा २१ सदस्यीय नगर समिति गठन गर्दै नयाँ नेतृत्व चयन गरेको छ।

नवगठित समितिमा सबिना गुरुङ उपाध्यक्ष, सरोज गोतामे कोषाध्यक्ष, नारायण प्रसाद अधिकारी सचिवसहित अन्य पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा चयन भएका हुन्। अधिवेशनमा पार्टीका केन्द्रीय महासचिव सोनामसिंह स्याङताङ, केन्द्रीय उपाध्यक्ष ईश्वर रिजालसहित अन्य नेताहरूको उपस्थिति रहेको थियो।

अधिवेशनले पार्टीको वैचारिक मार्गदर्शन अनुरूप स्थानीय तहमा संगठन सुदृढ बनाउने प्रतिबद्धता जनाउँदै, नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिएको छ।

अध्यक्ष ढुंगानाले आफ्नो कार्यकालमा संगठन निर्माण, सदस्य विस्तार र युवाहरूको सहभागिता सुनिश्चित गर्ने प्राथमिकता रहने बताएका छन्।

 

प्रकाशित: ४ जेठ २०८२ १०:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast