‘राजनीतिक पूर्वाग्रहका कारण अस्पताल सञ्चालनमा बाधा पुर्‍याइयो’

हिमाल प्रेस २ जेठ २०८२ १७:४६
994
SHARES
‘राजनीतिक पूर्वाग्रहका कारण अस्पताल सञ्चालनमा बाधा पुर्‍याइयो’

काठमाडौँ- मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेस्वास्थ्य क्षेत्र जस्तो संवेदनशील स्थानमा राजनीतिक पूर्वाग्रहका आधारमा कर्मचारी कटौती गरेको आरोप लगाइएको छ।

नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका उपनेता एवं पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले यस्तो आरोप लगाएका हुन्।

सिंहले मन्त्रिपरिषद्बाट दरबन्दी स्वीकृत भइसके पनि राजनीतिक पूर्वाग्रहका कारण सर्लाही धनकौलस्थित ५० बेडको श्री बैजनाथ आमा तथा वाल अस्पताल सञ्चालन गर्ने मन्त्रालयको मनसायन देखिएको आरोप लगाएका छन्।

मन्त्रिपरिषद्बाट स्वीकृत भएर दरबन्दीसमेत कायम भइसकेकाले यथाशीघ्र अस्पताल सञ्चालनको वातावरण तयार पार्न माग गर्दै उनले मुख्यमन्त्री सतिशकुमार सिंह र स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुध्नसिंह कोइरीलाई ध्यानाकर्षणपत्र बुझाएका छन्।

बैजनाथ आमा तथा वाल अस्पतालको दरबन्दीमा छनोट भएका कर्मचारीहरूलाई मन्त्रालय गैरकानुनी तवरले अन्यत्र पठाएर अस्पताल सञ्चालन नगर्ने मनसाय देखिएको ध्यानाकर्षणपत्रमा भनिएको छ।

‘अस्पतालको दरबन्दीमा छनोट भएका कर्मचरीहरू सो मन्त्रालयले गैरकानुनी तवरले अन्य पठाई त्यो अस्पताल सञ्चालन नहोस् भन्ने मनसायले न्यून संख्यामा कर्मचारी पदस्थापन गरी मन्त्रालयमै हाजिर गराइएको छ,’ ध्यानाकर्षणपत्रमा उल्लेख छ।

पर्याप्त बजेट हुँदाहुँदै अस्पताल सञ्चालनका लागि मन्त्रालयबाट कुनै पहल नभएको कांग्रेस संसदीय दलका उपनेता सिंहले बताए।

‘अस्पताल सञ्चालनका लागि बजेट पर्याप्त छ। बरू बजेट फ्रिज हुने अवस्था देखिन्छ,’ सिंहले भने,‘यो अस्पतालसँग राजनीतिक पूर्वाग्रह साँधिएको छ। मन्त्रिपरिषद्ले स्वीकृत गरेको दरबन्दीअनुसार त्यहाँ कर्मचारी पठाउन मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षण गराएका छौँ।’

सिंह स्वास्थ्यमन्त्री छँदा २०८० मंसिर १५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालायको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले प्रदेशमा सय बेडका ६ र ५० बेडका पाँच नयाँ अस्पताल सञ्चालन गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्बाट स्वीकृत भएका दरबन्दीबमोजिमका कर्मचारी छनोट गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमातहतको स्वास्थ्य निर्देशनालयले विज्ञापन गरेको थियो।

विज्ञापन भएको १४ महिनापछि कर्मचारीहरू छनोट भई स्वीकृत भएका अन्य अस्पतालहरू सञ्चालन भइरहे पनि धनकौलस्थित ५० बेडको श्री बैजनाथ आमा तथा वाल अस्पतालमा मन्त्रालयले दरबन्दीअनुसारको कर्मचारी पठाएको छैन।

 

प्रकाशित: २ जेठ २०८२ १७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast