सुनको भाउ ३५ सयले घट्यो

हिमाल प्रेस १ जेठ २०८२ १०:५८
66
SHARES
सुनको भाउ ३५ सयले घट्यो

काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँ घटेको छ।

छापावाल सुनको मूल्य बिहीबार तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ८५ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यसैबीच चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित: १ जेठ २०८२ १०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast