प्रतिनिधिसभा बैठक बस्दै

हिमाल प्रेस १ जेठ २०८२ ८:२३
4
SHARES
प्रतिनिधिसभा बैठक बस्दै प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसदहरू। तस्बिर सौजन्य : संसद् सचिवालय

काठमाडौँ- संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ।

बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन २०८२’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०८१/०८२ पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।

बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहनेछ ।

प्रकाशित: १ जेठ २०८२ ८:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast