राहत शिक्षक केन्द्रीय समिति बैठकको निर्णय : अनुशासनहीन गतिविधिमा संलग्न यी पदाधिकारी पदमुक्त

हिमाल प्रेस २८ वैशाख २०८२ १६:३९
1.1k
SHARES
राहत शिक्षक केन्द्रीय समिति बैठकको निर्णय : अनुशासनहीन गतिविधिमा संलग्न यी पदाधिकारी पदमुक्त

काठमाडौँ- नेपाल राहत शिक्षक केन्द्रीय समितिको बैठकले समितिका केही पदाधिकारी तथा सदस्यहरूले संगठन र जिम्मेवारी विपरीत गम्भीर गतिविधिहरू गरेको, महाधिवेशनमा लिएको सपथको उल्लंघन गरेको र पटकपटक सचेत गराउँदा पनि त्यस्ता कार्य नरोकिएको ठहर गर्दै उनीहरूलाई पदबाट हटाउने निर्णय गरेको छ।

शनिबार (वैशाख २७ गते) काठमाडौँस्थित क्यापिटल हिल कलेजमा समितिका संरक्षक, सह-संरक्षक तथा अन्य पदाधिकारीहरूको उपस्थितिमा  नविन सिंह धामीको अध्यक्षतामा बसेको बैठकले  उनीहरूलाई पदबाट हटाउने निर्णय गरेको हो।

पदमुक्त हुनेमा विष्णु खत्री (दाङका सहअध्यक्ष), केन्द्रीय सदस्य चन्द्रप्रकाश पाण्डेय (कपिलबस्तु), बागमती प्रदेश अध्यक्ष जीवन तिमिल्सिना (मकवानपुर) र बागमती प्रदेश सहअध्यक्ष निरब ढकाल (सिन्धुपाल्चोक) रहेका छन्। बैठकले वैशाख २८ गतेदेखि निर्णय कार्यान्वयनमा ल्याउने जनाएको छ।

बागमती प्रदेशको अध्यक्ष पद रिक्त भएकाले प्रदेश अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न अधिवेशन आयोजक समिति गठन गरिएको छ। समितिको संयोजकमा केन्द्रीय समितिका सहअध्यक्ष जितबहादुर राना रहेका छन्। समितिमा हाल बागमती प्रदेश समितिमा रहेका पदाधिकारी, सदस्यहरू तथा प्रदेश अन्तर्गतका जिल्ला अध्यक्षहरू सदस्य रहने छन्।

बैठकले समितिका आन्तरिक शुद्धीकरण, अनुशासन कायम गर्ने र संगठनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित निर्णयहरू गरिएको स्पष्ट पारेको छ।

प्रकाशित: २८ वैशाख २०८२ १६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast